Skip to content

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

  • समाचार
  • राजनीति
  • अर्थ
  • इतिहास
  • विचार
  • विश्व मामिला
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • खेलकूद
  • ENGLISH
  • स्थानिय निर्वाचन
  • Toggle search form

ललितपुर २ मा पूर्वसहकर्मीबीच प्रतिस्पर्धा

Posted on २०७९ कार्तिक ३०, बुधबार ०९:४३ By HT No Comments on ललितपुर २ मा पूर्वसहकर्मीबीच प्रतिस्पर्धा
Spread the love

ललितपुर । आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर २ मा कृष्णलाल महर्जन र प्रेम महर्जनसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न राजनीतिक दलबाट १४ र आठ स्वतन्त्र उम्मेदवारहरुले प्रतिनिधिसभाका सदस्यका लागि मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।

प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

कृष्णलाल र प्रेमबहादुरबाहेक ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जनले उम्मेदवारी दिएका छन् । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीबाट सुरोज अवाले, नेसनलिष्ट पिपल्स पार्टीबाट निरञ्जन गणेश, मङ्गोल नेसनल अर्गनाइजेसनबाट खेमप्रसाद श्रेष्ठ, लोकतान्त्रिक समाजवादीबाट लक्ष्मण शाही, नेपाल मजदुर किसान पार्टीका तर्फबाट राजवीर डङ्गोल उम्मेदवार छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रघुबरराज थापा, जनसमाजवादी पार्टी नेपालबाट शिव पौडेल, नेपाल सुशासन पार्टी नेपालबाट जयबहादुर खत्री, सङ्घीय लोकतान्त्रिक मञ्चबाट भुवान सिं लिम्बू, एकीकृत शक्ति नेपाल पार्टीबाट सुरेश महर्जन र हाम्रो नेपाल पार्टीबाट सुदिन शाक्यले उम्मेदवारी दिएका छन् ।

त्यस्तै राजनीतिक दलबाहेक राधिका सुवेदी, निरजभक्त माथेमा, हेराकाजी अवाले, विकास शाक्य, सरिना लाखे (श्रेष्ठ), दीपेशकुमार केसी, ऋषिराज भेटवाल र सञ्जीव चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

ललितपुर महानगरपालिका– ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ वडा गरी नौवटा वडा, महालक्ष्मी नगरपालिकाको पूरै भागको १० वडासमेत गरी १९ वटा वडाहरु रहेको यस क्षेत्रमा ८१ हजार आठ सय ९७ मतदाता छन् ।

जसअनुसार ३९ हजार सात सय ४१ पुरुष, ४२ हजार एक सय ५६ महिला मतदाता छन् । यसअघि दुई कार्यकाल सांसद भइसकेका कृष्णलालसँग प्रतिस्पर्धामा रहेका प्रेमबहादुर पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका हुन् ।

२०५६ सालमा नेपाली कांग्रेसका उम्मेदवार जगतराज शाक्यलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा यसै क्षेत्रबाट निर्वाचित भएका कृष्णलालले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समेत नेपाली कांग्रेसकै उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरी जित हासिल गर्ने सफलता प्राप्त गरे ।

२०७४ मा कृष्णलालले २७ हजार सात सय १३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार नौ सय ४५ मत प्राप्त गरेका थिए ।

विसं २०५६ र २०७४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार भएका कृष्णलाल यसपटक भने नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवार छन् र विगतका चुनावमा आफूलाई सहयोग गरेर चुनाव जिताउन भूमिका खेलेका राजनीतिक तथा सामाजिक क्षेत्रका सहकर्मी प्रेमबहादुर अहिले उनकै प्रतिस्पर्धी छन् ।

क्षेत्र नम्बर २ को सहरी क्षेत्रमा नेवारी समूदाय, त्यसमा पनि महर्जन, डङ्गोलहरुको बाहुल्यता छ । महर्जन, डङ्गोलहरुको जातीय समाज ज्यापू समाजमा कृष्णलाल मानार्थ सदस्य हुन् भने प्रेमबहादुर पूर्वाध्यक्ष हुन् ।

यस क्षेत्रका अधिकांश मतदाताहरु रहेको ज्यापू समाजभित्र दुवैको प्रभाव राम्रै छ । यस क्षेत्रमा कसलाई चुनाव जिताउने भन्नेमा यो समाजको पनि धेरै भूमिका रहन्छ ।

अघिल्लो पटक एमालेमा हुँदा तत्कालीन समयमा गठबन्धनमा रहेको नेकपा माओवादी यसपटक कांग्रेस, एकीकृत समाजवादीसहितको पाँचदलीय गठबन्धनमा आबद्ध छ ।

कृष्णलालले आफू सांसद हुँदा गरेका काम र यहाँको संस्कृति र सम्पदा संरक्षणमा आफूले पुर्याएको योगदान नै आसन्न निर्वाचनका लागि जितको बलियो आधार मानेका छन् ।

“म आफू सांसद हुँदा यहाँको संस्कृति र सम्पदा संरक्षणमा महत्वपूर्ण काम गरेको छु । मतदातासामू लाजले शिर झुकाउनुपर्ने कुनै पनि काम गरेको छैन, अब पनि यस क्षेत्रको आर्थिक सामाजिक, सांस्कृतिक विकासमा लागिपर्नेछु , यही आधारमा पनि यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिन्छन्”, कृष्णलालले भने ।

उता प्रेमबहादुरले एमालेमा लागेको ४० वर्षपछि सांसदको उम्मेदवार भएको दाबी गर्दै विगतमा पार्टी, ज्यापू समाज र सामाजिक संङ्घसंस्थामा बसेर गरेको काम नै आफ्नो जितको आधार भएको दाबी गरिरहेका छन् ।

“मैले राजनीतिमा लागेको ४० वर्षपछि सांसदको उम्मेदवार भएको छु । ज्यापू समाजको अध्यक्ष भएर काम गरेको छु”, उनले भने, “यस क्षेत्रका नागरिकहरुको जीवनशैली परिवर्तन गरी आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने लक्ष्य लिएको छु, यही आधारमा मलाई यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिनेछन् ।”

गत स्थानीय चुनावमा यस क्षेत्रका कूल १९ वटा वडामध्ये ललितपुर महानगरका ६ र महालक्ष्मीका तीनवटा गरी नौवटा वडामा कांग्रेसले, एकवटा वडामा माओवादी केन्द्रले र महानगरका तीनवटा र महालक्ष्मीका ६ वटा वडा गरी नौवटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जित हासिल गरेका छन् ।

यो क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २१ हजार आठ सय १९, एमालेले १६ हजार दुई सय ३७, माओवादीले पाँच हजार आठ सय ८६ र समाजवादीले दुई हजार पाँच सय ६० मत प्राप्त गरेको छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी र समाजवादीले यो क्षेत्रमा पाएको मत जोड्दा ३० हजार दुई सय ६५ मत हुन्छ । एमालेले कसैसँग पनि तालमेल नगरेकाले उसँग १६ हजार दुई सय ३७ मत छ ।

Related

राजनीति

Post navigation

Previous Post: भोजपुरमा शेरधन र सुदनबीच प्रतिस्पर्धा
Next Post: उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • अर्थतन्त्र र समाजको अन्तरसम्बन्धको कारण एक क्षेत्रको अर्थ अस्थिरताले अरूलाई पनि चाँडै असर गर्न सक्छ।: अलेक्सेई अलेक्सेयेभिच नोभिकोभ, महामहिम राजदुत, रसियन फेडरेसन
  • नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
  • एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
  • अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छः प्रधानसेनापति शर्मा
  • विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित
  • समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव
  • ४२ न्यायाधीशको पद रिक्त हुँदा पनि हामीले काममा तीव्रता दिएका छौं : कामु प्रधानन्यायाधीश कार्की

चुरे विनासले सिर्जित समस्या र समाधानका उपायहरु

मिथिला नगरपालिकाको जनचेतनामूलक संदेश

बटेश्वर गाउँ कार्यपालिकाको जनचेतनामूलक संदेश

Village Women’s Craft Center

काेभिड संक्रमण

उपयाेगी संयाेजक

विनिमय दर
सुन चाँदि
सेयर बजार
मौसम

सम्पर्क

विज्ञापनकाे लागि सम्पर्क

Email: tribunehimalayan@gmail.com

Phone: ९८४४३६०३७९

Nuna Traders for Montessori Items

समाचार शीर्षक

गृह पृष्ठ
राजनीति
अर्थतन्त्र
स्वास्थ्य
शिक्षा
विश्व मामिला
साहित्य।सृजना
विचार
खेलकूद।मनाेरन्जन
ENGLISH

Breadcrumbs

a

News

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।
  • मनाङमा उपाध्यक्षसहित ६१ पदमा निर्विरोध १३ दलित महिला सदस्यसहित १४ सदस्यमा उम्मेदवारी नै परेन
    लमजुङ — हिमाली जिल्ला मनाङको ४ वटा गाउँपालिकाका ६१ पदमा निर्विरोध भएको छ । यसमा नार्पाभूमिमा एमालेबाट निर्विरोध उपाध्यक्ष समेत छन् । चामे गाउँपालिकामा १२ जना निर्विरोध भएका छन्

    ५ वडा रहेको चामेमा वडा नं. १ मा एमाले अध्यक्ष र वडा नं. २ मा कांग्रेस वडाध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरी एमाले र कांग्रेसका ५/५ जना सदस्य निर्विरोध भएका छन् । यसमा वडा नं. १ र २ को सिंगो टिम निर्विरोध भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

    उनका अनुसार नासों गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । यसमा कांग्रेसबाट वडा नं. ५, ६ र ७ मा वडाध्यक्ष निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ४ मा वडाध्यक्ष निर्विरोध भएका छन् । गाउँपालिकाभरी कांग्रेसका १२ सदस्य साथै एमाले र स्वतन्त्रका १/१ जना सदस्य निर्विरोध भएका छन् । वडा नं. २, ३, ६ र ७ मा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन ।

    मनाङ ङिस्याङ गाउँपालिकामा १३ जना निर्विरोध भएका छन् । स्वतन्त्रका २ वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रको सिंगो टिम नै निर्विरोध भएको छ । स्वतन्त्रका ७ जना सदस्य, ७ सदस्य, एमालेको १ सदस्य र कांग्रेसको ३ सदस्य निर्विरोध भएका छन् । वडा नं. ३ मा १ जना दलित महिला सदस्य कांग्रेसबाहेक सबै स्वतन्त्र निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

    नार्पाभूमि गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । एमालेबाट गाउँपालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । वडा नं. ४ र ५ मा वडाध्यक्ष स्वतन्त्रका निर्विरोध भएका छन् । वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष निर्विरोध भएका छन् ।

    स्वतन्त्रका १० जना सदस्य, एमालेका १ र कांग्रेसका ३ जना वडा सदस्य निर्विरोध भएका छन् । ५ वटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नं. १ मा महिला सदस्यको उम्मेदवारी पनि परेको छैन ।
  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।

    ‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’

    यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए । त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

हिमालयन ट्रिबुन मेडिया प्रा.लि.

नयाँबानेश्वर, काठमाण्डाै, नेपाल
सम्पर्क नंम्बर : ९८४४३६०३७९
इमेल : tribunehimalayan@gmail.com
प्रकाशक : जीवन कुमारी दाहाल
सम्पादक : विश्वनाथ आचार्य
निर्देशक।सह सम्पादक: संजय प्रसाद पाैडेल
कानुनी सल्लाहकार : बिमल सुवेदी
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३३४८।२०७८।७९
क.र.का.दर्ता नं. : २४०५९७।७७।७८
For Ad... : tribunehimalayan@gmail.com Cell at: 9844360379

Copyright © 2023 हिमालयन ट्रिबुन.

Powered by PressBook WordPress theme