काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनामा चालिसे १५ हजार १५८ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मतमात्रै प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीले ५ हजार ८६५ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २ हजार ५११ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।