बागलुङ । बागलुङ क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पौडेल २४ हजार ७७९ मतसहित प्रतिनिधिसभामा विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चालिसेले २० हजार १८० मत प्राप्त गरिन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तिला खत्रीले २३ सय २५ मत ल्याएर तेस्रो भइन् ।