Skip to content

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

  • समाचार
  • राजनीति
  • अर्थ
  • इतिहास
  • विचार
  • विश्व मामिला
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • खेलकूद
  • ENGLISH
  • स्थानिय निर्वाचन
  • Toggle search form

कर्णाली प्रदेशसभामा नयाँ अनुहारको वर्चश्व

Posted on २०७९ मंसिर १२, सोमबार १०:३५ By HT No Comments on कर्णाली प्रदेशसभामा नयाँ अनुहारको वर्चश्व
Spread the love

कर्णाली । कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र केही मन्त्री मात्रै छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का छक्कबहादुर लामालाई हराए । उनी यसअघिका प्रतिनिधिसभा सदस्यसमेत थिए ।

यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा (१) बाट वीरबहादुर शाही र सुर्खेत २ (२) बाट नेकपा (माओवादी केन्द्र)का विन्दमान विष्ट छन् । एमालेका संसदीय दलका नेतासमेत रहेका यामलाल कँडेल सुर्खेत २ (१) बाट निर्वाचित भएका छन् ।

प्रदेश (२) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् उनी यसअघि प्रतिनिधिसभा सदस्यसमेत थिए । उनले एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन् ।

यस्तै दैलेख २ (२) मा एमालेका विनोदकुमार शाह विजयी भए । उनले केही समयअघि एमाले त्यागेका पूर्वसहकर्मी माओवादीका योगेन्द्र शाहीलाई पराजित गरे । उनी यसअघि प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन् ।

कालीकोट प्रदेशसभा (१) बाट माओवादीका दुर्गबहादुर रावत प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनी यसअधि प्रतिनिधिसभा सदस्यसमेत थिए । रावतले एमालेका निवर्तमान सांसद कुर्मराज शाहीलाई पराजित गरे ।

कर्णालीले निर्वाचित गरेका नयाँ अनुहार भने १८ जना छन् । सुर्खेत १ (१) बाट कांग्रेसका खड्ग पोखरेल पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दैछन् । उनी एमालेका निवर्तमान सांसद ठम्बर विष्टलाई हराएर विजयी भएका हुन् ।

यस्तै, १ (२) का कृष्ण जिसी पनि नयाँ अनुहार हुन् । माओवादी केन्द्रबाट निर्वाचित जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई पराजित गरे । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहेका घनश्याम भण्डारी पनि पहिलोपटक प्रदेशसभामा प्रवेश गर्दैछन् ।

राजनीतिमा आउनुअघि पत्रकारसमेत रहेका भण्डारीले एमालेका तिलक रिजाललाई दैलेख २ (१) मा पराजित गरे ।

यस्तै, दैलेख १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बिसी विजयी भएका छन् । खत्री र बिसीले एमालेका प्रेमबहादुर थापा र निवर्तमान सांसद धर्मराज रेग्मीलाई पराजित गरेका हुन् । सल्यान (१) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन् ।

शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गरे भने (२) मा कांग्रेसका सुरेश अधिकारीले निवर्तमान सांसद गुलाबजङ्ग शाहलाई पराजित गरे ।

यस्तै, रुकुमपश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सदस्य निर्वाचित भएका छन् । रुकुम पश्चिम प्रदेशसभा (१) मा माओवादीका महेन्द्र केसीले एमालेका नारायणकुमार शाहलाई पराजित गरेका छन् । यस्तै (२) मा राजकुमार शर्मा विजयी भएका छन् ।

उनले एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरे । जाजरकोट प्रदेशसभा (१) मा कांग्रेसका बेदराज सिंह निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंह पराजित भए ।

कालीकोट प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनले एमालेका वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरेका छन् । डोल्पा प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा विजयी हुँदा कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित भए ।

हुम्ला प्रदेशसभा (१) बाट माओवादीका रनसिंह परियार विजयी हुँदा उनका प्रतिस्पर्धी स्वतन्त्रका मङ्गलबहादुर शाही पराजित भए । यस्तै मुगु (१) मा एमालेका जितबहादुर मल्लले समाजवादीका गोपालबहादुर बमलाई पराजित गरे । यस्तै, मुगु (२) मा माओवादीका मङ्गलबहादुर शाही पनि विजयी भएका छन् । उनले एमालेका कर्णबहादुर मल्ललाई पराजित गरेका छन् ।

यस्तै, जुम्ला प्रदेशसभा (१) मा कांग्रेसबाट बागी उठेका देवेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीलाई पराजित गरे । यस्तै जुम्ला (२) मा एमालेका टेकराज पछाई विजयी हुँदा समाजवादीका बहालवाला मन्त्री पदमबहादुर रोकाया पराजित भए ।

Related

राजनीति

Post navigation

Previous Post: सुनसरी-१ मा जसपाका अशोककुमार राई निर्वाचित
Next Post: दोलखाका विवादित केन्द्रमा बिहीबार पुनः मतदान हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • अर्थतन्त्र र समाजको अन्तरसम्बन्धको कारण एक क्षेत्रको अर्थ अस्थिरताले अरूलाई पनि चाँडै असर गर्न सक्छ।: अलेक्सेई अलेक्सेयेभिच नोभिकोभ, महामहिम राजदुत, रसियन फेडरेसन
  • नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
  • एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
  • अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छः प्रधानसेनापति शर्मा
  • विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित
  • समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव
  • ४२ न्यायाधीशको पद रिक्त हुँदा पनि हामीले काममा तीव्रता दिएका छौं : कामु प्रधानन्यायाधीश कार्की

चुरे विनासले सिर्जित समस्या र समाधानका उपायहरु

मिथिला नगरपालिकाको जनचेतनामूलक संदेश

बटेश्वर गाउँ कार्यपालिकाको जनचेतनामूलक संदेश

Village Women’s Craft Center

काेभिड संक्रमण

उपयाेगी संयाेजक

विनिमय दर
सुन चाँदि
सेयर बजार
मौसम

सम्पर्क

विज्ञापनकाे लागि सम्पर्क

Email: tribunehimalayan@gmail.com

Phone: ९८४४३६०३७९

Nuna Traders for Montessori Items

समाचार शीर्षक

गृह पृष्ठ
राजनीति
अर्थतन्त्र
स्वास्थ्य
शिक्षा
विश्व मामिला
साहित्य।सृजना
विचार
खेलकूद।मनाेरन्जन
ENGLISH

Breadcrumbs

a

News

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।
  • मनाङमा उपाध्यक्षसहित ६१ पदमा निर्विरोध १३ दलित महिला सदस्यसहित १४ सदस्यमा उम्मेदवारी नै परेन
    लमजुङ — हिमाली जिल्ला मनाङको ४ वटा गाउँपालिकाका ६१ पदमा निर्विरोध भएको छ । यसमा नार्पाभूमिमा एमालेबाट निर्विरोध उपाध्यक्ष समेत छन् । चामे गाउँपालिकामा १२ जना निर्विरोध भएका छन्

    ५ वडा रहेको चामेमा वडा नं. १ मा एमाले अध्यक्ष र वडा नं. २ मा कांग्रेस वडाध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरी एमाले र कांग्रेसका ५/५ जना सदस्य निर्विरोध भएका छन् । यसमा वडा नं. १ र २ को सिंगो टिम निर्विरोध भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

    उनका अनुसार नासों गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । यसमा कांग्रेसबाट वडा नं. ५, ६ र ७ मा वडाध्यक्ष निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ४ मा वडाध्यक्ष निर्विरोध भएका छन् । गाउँपालिकाभरी कांग्रेसका १२ सदस्य साथै एमाले र स्वतन्त्रका १/१ जना सदस्य निर्विरोध भएका छन् । वडा नं. २, ३, ६ र ७ मा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन ।

    मनाङ ङिस्याङ गाउँपालिकामा १३ जना निर्विरोध भएका छन् । स्वतन्त्रका २ वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रको सिंगो टिम नै निर्विरोध भएको छ । स्वतन्त्रका ७ जना सदस्य, ७ सदस्य, एमालेको १ सदस्य र कांग्रेसको ३ सदस्य निर्विरोध भएका छन् । वडा नं. ३ मा १ जना दलित महिला सदस्य कांग्रेसबाहेक सबै स्वतन्त्र निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

    नार्पाभूमि गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । एमालेबाट गाउँपालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । वडा नं. ४ र ५ मा वडाध्यक्ष स्वतन्त्रका निर्विरोध भएका छन् । वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष निर्विरोध भएका छन् ।

    स्वतन्त्रका १० जना सदस्य, एमालेका १ र कांग्रेसका ३ जना वडा सदस्य निर्विरोध भएका छन् । ५ वटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नं. १ मा महिला सदस्यको उम्मेदवारी पनि परेको छैन ।
  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।

    ‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’

    यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए । त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

हिमालयन ट्रिबुन मेडिया प्रा.लि.

नयाँबानेश्वर, काठमाण्डाै, नेपाल
सम्पर्क नंम्बर : ९८४४३६०३७९
इमेल : tribunehimalayan@gmail.com
प्रकाशक : जीवन कुमारी दाहाल
सम्पादक : विश्वनाथ आचार्य
निर्देशक।सह सम्पादक: संजय प्रसाद पाैडेल
कानुनी सल्लाहकार : बिमल सुवेदी
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३३४८।२०७८।७९
क.र.का.दर्ता नं. : २४०५९७।७७।७८
For Ad... : tribunehimalayan@gmail.com Cell at: 9844360379

Copyright © 2023 हिमालयन ट्रिबुन.

Powered by PressBook WordPress theme