Skip to content

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

  • समाचार
  • राजनीति
  • अर्थ
  • इतिहास
  • विचार
  • विश्व मामिला
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • खेलकूद
  • ENGLISH
  • स्थानिय निर्वाचन
  • Toggle search form

टोल कक्षा : बालबालिकालाई सिक्ने अवसर

Posted on २०७९ मंसिर २५, आईतवार ०९:२३ By HT No Comments on टोल कक्षा : बालबालिकालाई सिक्ने अवसर
Spread the love

कञ्चनपुर । कैलालीको चुरे गाउँपालिका–३ चित्रपुरका आधारभूत तहमा अध्ययनरत सोनिया धामी गायनमा निकै पोख्त छिन् । साथीहरु माझमा कुरा गर्न हिच्किचाउने, लाजले मुख थुन्ने उहाँ अहिले निर्धक्कसँग विद्यालयमा हुने कार्यक्रममा भाग लिन थालेकी छन् ।

गीत–सङ्गीतमा उनी विद्यालयकै अब्बल छात्राका रूपमा परिचित छिन् । शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गत टोल कक्षा सञ्चालन भएपछि विद्यार्थीको क्षमता अभिवृद्धि भएको छ ।

“कोरोना सङ्क्रमणका बेला विद्यालयको पढाइ प्रभावित हुँदै आएको थियो”, टोल शिक्षक दुर्गा मल्लले भनिन्, “बालबालिका घरमा बस्नुपर्दा विद्यालयमा सिकेको कुरा बिर्सिसकेका थिए, टोल कक्षा सञ्चालन भएपछि बालबालिकाको पढ्ने, क्षमता प्रदर्शन गर्ने कार्यमा वृद्धि भएको छ ।” अडियो, भिडियो सुनेर कक्षामा बालबालिकाले पठनपाठनको कार्य गर्दै आएका छन् ।

“विद्यालय जानुपर्दा आधारभूत तहका बालबालिका निकै रुने, कराउने विद्यालय जान नाइनास्ती गर्दथे”, शिक्षक मल्ले भनिन्, “हाल घरकै वातावरणमा टोल कक्षामा पढाइ हुन थालेपछि बालबालिका नियमित विद्यालय आउने क्रम बढेको छ ।”

उनका अनुसार टोल कक्षामा सहभागी हुने बालबालिकालाई सरसफाइ र स्वच्छताका बारेमा दैनिक बताउने गर्न थालेपछि बालबालिका पहिलेको तुलनामा व्यक्तिगत सरसफाइमा ध्यान दिन थालेको उनले बताइन् ।

विद्यालय पोशाक चटक्क पारेर, कपाल कोरेर बालबालिका विद्यालय पुग्छन्, गृहकार्य गर्छन्, अनुशासित भएर कक्षा कोठामा सहभागी हुने गरेका छन् । नबुझेको कुरा आत्मविश्वासका साथ पालैपालो सोध्ने कार्य बालबालिकाले गर्ने गरेका छन् ।

“टोल कक्षाले विद्यालय र अभिभावकको बीचमा पुलको काम गरेको छ”, भानु माध्यमिक विद्यालयका प्रद्यानाअध्यापक विष्णु पाण्डेयले भने, “कोरोनाका कारण टुटेको विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावकबीचको सम्बन्ध यस कार्यक्रमले जोड्ने कार्य गरेको छ ।”

विगतको तुलनामा पढ्ने, लेख्ने सीपको विकास बालबालिकामा भएको पाइएको उनले बताए । बालबालिका विद्यालयमा पठाएपछि अभिभावकले शिक्षाको अवस्थाका बारेमा सोधीखोजी गर्दैनथे ।

हाल टोल कक्षामार्फत सचेत पार्ने कार्य गरिएपछि बालबालिकाको शिक्षाको अवस्था बुझ्न महिनाको एकपटक अभिभावक विद्यालयमा पुग्ने गरेको टोल शिक्षक कल्पना बमले बताइन् ।

कार्यक्रमअन्तर्गत टोल शिक्षकलाई सल्लाह, सुझाव दिन र अनुगमनका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई जिम्मा दिइएको छ ।

बालबालिकालाई पढ्नका लागि सहजता प्रदान गर्न प्रत्येक टोल कक्षामा ट्यावसँगै स्वअध्ययन सामग्री उपलब्ध गराइएको छ ।

शिक्षा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गत घरायसी तथा समुदायमा आधारित टोल शिक्षक र विद्यालयमा अध्ययन गराउने शिक्षकलाई पुनःताजगी तालिम, विद्यालय सरसफाइ (हात धुने) सुविधाको सुधारमा सहयोग, सिकाइ निरन्तर योजनाका लागि विद्यालयमा अनुदान, इसिडी किट प्रयोग गर्नका लागि सहजकर्तालाई तालिम दिइएको परियोजनाका कार्यक्रम संयोजक कर्ण बानियाँले जानकारी दिए ।

टोल शिक्षा कार्यक्रमलाई निरन्तरता दिई बालबालिकाको सिक्ने क्षमता अभिवृद्धि गर्नका लागि कार्यक्रम अगाडि बढाइनुपर्ने चुरे गाउँपालिकाका वडा नं १ का वडाध्यक्ष डम्बरबहादुर सिंहले बताए ।

“वैकल्पिक स्रोत परिचालन गरेर टोल कक्षालाई निरन्तरता दिन प्रतिबद्ध छौँ”, उनले भने, “यस कार्यले शिक्षाको गुणस्तरमा वृद्धि हुन्छ, गाउँपालिकाको आगामी योजनामा यस कार्यक्रमलाई समेट्छौँ ।”

गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विविराज सोतीले कोभिडका कारण देशभरका ८० लाख बालबालिका प्रभावित भएको उल्लेख गर्दै सिकाइबाट बञ्चित बालबालिकालाई यस कार्यक्रमले सघाउ पुर्याएको बताए ।

“सिक्न नपाएका बालबालिकाले सिक्ने अवसर पाए”, उनले भने, “पाठ्यक्रममा भएका पाठ्य विषयवस्तु बालबालिकाले बिर्सिसकेका थिए, टोल कक्षा सञ्चालनले बालिबालिकाले बिर्सिएको कुरा पुनः सिक्ने अवसर पाए, सेवामा सबैभन्दा ठूलो सेवा यस कार्यक्रमका माध्यमबाट भएको छ ।”

टोल कक्षाको प्रभावकारिताको कारणले विद्यालयमा शैक्षिक सामग्रीको सजावट विगतको तुलनामा निकै परिवर्तन भएको पाइएको उनले बताए ।

“विद्यार्थीको विद्यालय आउने दरमा वृद्धि भएको छ, न्यून सेवा सुविधा पाएर पनि टोल शिक्षकले सेवा दिएका छन्, कार्यक्रममा देखिएका असल अभ्यासलाई अगाडि बढाउन आतुर छौँ ।”

युएसएआइडीको आर्थिक सहयोगमा युनिसेफको समन्वय र निड्स नेपाल कञ्चनपुरद्वारा सञ्चालित शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गतको टोल शिक्षा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी र अछाम जिल्लाका १० गाविसका तीन सय ५३ विद्यालयको सेवा क्षेत्रभित्र एक हजार ४५ टोल कक्षा सञ्चालित छन् ।

कञ्चनपुरको बेलडाँडी र लालझाडी गाउँपालिका, कैलालीको कैलारी, जोशीपुर, जानकी, बद्र्धगोरिया, चुरे, मोहन्याल बैतडीको डिलाशैनी र अछामको रामारोशन गाउँपालिकामा कार्यक्रम सञ्चालमा रहेको छ ।

Related

शिक्षा

Post navigation

Previous Post: रुसको प्रमुख सैन्य सहयोगी इरान रहेको अमेरिकी आरोप
Next Post: किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • अर्थतन्त्र र समाजको अन्तरसम्बन्धको कारण एक क्षेत्रको अर्थ अस्थिरताले अरूलाई पनि चाँडै असर गर्न सक्छ।: अलेक्सेई अलेक्सेयेभिच नोभिकोभ, महामहिम राजदुत, रसियन फेडरेसन
  • नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
  • एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
  • अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छः प्रधानसेनापति शर्मा
  • विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित
  • समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव
  • ४२ न्यायाधीशको पद रिक्त हुँदा पनि हामीले काममा तीव्रता दिएका छौं : कामु प्रधानन्यायाधीश कार्की

चुरे विनासले सिर्जित समस्या र समाधानका उपायहरु

मिथिला नगरपालिकाको जनचेतनामूलक संदेश

बटेश्वर गाउँ कार्यपालिकाको जनचेतनामूलक संदेश

Village Women’s Craft Center

काेभिड संक्रमण

उपयाेगी संयाेजक

विनिमय दर
सुन चाँदि
सेयर बजार
मौसम

सम्पर्क

विज्ञापनकाे लागि सम्पर्क

Email: tribunehimalayan@gmail.com

Phone: ९८४४३६०३७९

Nuna Traders for Montessori Items

समाचार शीर्षक

गृह पृष्ठ
राजनीति
अर्थतन्त्र
स्वास्थ्य
शिक्षा
विश्व मामिला
साहित्य।सृजना
विचार
खेलकूद।मनाेरन्जन
ENGLISH

Breadcrumbs

a

News

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।
  • मनाङमा उपाध्यक्षसहित ६१ पदमा निर्विरोध १३ दलित महिला सदस्यसहित १४ सदस्यमा उम्मेदवारी नै परेन
    लमजुङ — हिमाली जिल्ला मनाङको ४ वटा गाउँपालिकाका ६१ पदमा निर्विरोध भएको छ । यसमा नार्पाभूमिमा एमालेबाट निर्विरोध उपाध्यक्ष समेत छन् । चामे गाउँपालिकामा १२ जना निर्विरोध भएका छन्

    ५ वडा रहेको चामेमा वडा नं. १ मा एमाले अध्यक्ष र वडा नं. २ मा कांग्रेस वडाध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरी एमाले र कांग्रेसका ५/५ जना सदस्य निर्विरोध भएका छन् । यसमा वडा नं. १ र २ को सिंगो टिम निर्विरोध भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

    उनका अनुसार नासों गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । यसमा कांग्रेसबाट वडा नं. ५, ६ र ७ मा वडाध्यक्ष निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ४ मा वडाध्यक्ष निर्विरोध भएका छन् । गाउँपालिकाभरी कांग्रेसका १२ सदस्य साथै एमाले र स्वतन्त्रका १/१ जना सदस्य निर्विरोध भएका छन् । वडा नं. २, ३, ६ र ७ मा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन ।

    मनाङ ङिस्याङ गाउँपालिकामा १३ जना निर्विरोध भएका छन् । स्वतन्त्रका २ वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रको सिंगो टिम नै निर्विरोध भएको छ । स्वतन्त्रका ७ जना सदस्य, ७ सदस्य, एमालेको १ सदस्य र कांग्रेसको ३ सदस्य निर्विरोध भएका छन् । वडा नं. ३ मा १ जना दलित महिला सदस्य कांग्रेसबाहेक सबै स्वतन्त्र निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

    नार्पाभूमि गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । एमालेबाट गाउँपालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । वडा नं. ४ र ५ मा वडाध्यक्ष स्वतन्त्रका निर्विरोध भएका छन् । वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष निर्विरोध भएका छन् ।

    स्वतन्त्रका १० जना सदस्य, एमालेका १ र कांग्रेसका ३ जना वडा सदस्य निर्विरोध भएका छन् । ५ वटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नं. १ मा महिला सदस्यको उम्मेदवारी पनि परेको छैन ।
  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।

    ‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’

    यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए । त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

हिमालयन ट्रिबुन मेडिया प्रा.लि.

नयाँबानेश्वर, काठमाण्डाै, नेपाल
सम्पर्क नंम्बर : ९८४४३६०३७९
इमेल : tribunehimalayan@gmail.com
प्रकाशक : जीवन कुमारी दाहाल
सम्पादक : विश्वनाथ आचार्य
निर्देशक।सह सम्पादक: संजय प्रसाद पाैडेल
कानुनी सल्लाहकार : बिमल सुवेदी
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३३४८।२०७८।७९
क.र.का.दर्ता नं. : २४०५९७।७७।७८
For Ad... : tribunehimalayan@gmail.com Cell at: 9844360379

Copyright © 2023 हिमालयन ट्रिबुन.

Powered by PressBook WordPress theme