
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान भइरहेको हो ।
बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका भएपनि मतदान गर्ने स्थानसम्म मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले एकघण्टा ढिलो मतदान सुरु भएको हो । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन् । ।