रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो सैन्य क्षमता थप विकास गर्ने बताएका छन् । रुसी रक्षा मन्त्रालयको बोर्डको विस्तारित बैठकलाई सम्बोधन गर्दै पुटिनले पश्चिमी समर्थित युक्रेनमा जारी लडाइँमा आफ्नो तयारीलाई थप बढावा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सेनालाई आणविक लडाइँ तम्तयार अवस्थामा राख्न र थप सुधार गर्न आग्रह गरेका छन् । सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, रणनीतिक समानता र विश्वमा सेनाको सामान्य सन्तुलन सुरक्षित छ भन्ने मुख्य ग्यारेन्टी गर्नका निम्ति यो कदम आवश्यक रहेको पुटिनको धारणा छ ।
रूसी नेताले नयाँ जिरकोन हाइपरसोनिक क्रुज मिसाइललाई जोड दिंदै जुन रूसी सेनाले जनवरीमा प्रयोग गर्न सक्षम हुने बताएका छन् ।
राष्ट्रपति पुटिनले जनवरीको शुरुमा एडमिरल गोर्शकोभ फ्रिगेटलाई नयाँ जिरकोन हाइपरसोनिक मिसाइलले सुसज्जित गरिने र त्यसको बराबरको शक्तिशाली अर्को हतियार संसारमा नभएको बताएका छन् ।