Skip to content

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

  • समाचार
  • राजनीति
  • अर्थ
  • इतिहास
  • विचार
  • विश्व मामिला
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • खेलकूद
  • ENGLISH
  • स्थानिय निर्वाचन
  • Toggle search form

एक सय ८३ दिनका के र कस्ता भए निवर्तमान पर्यटनमन्त्रीका काम ?

Posted on २०७९ पुष ११, सोमबार १४:४८ By HT No Comments on एक सय ८३ दिनका के र कस्ता भए निवर्तमान पर्यटनमन्त्रीका काम ?
Spread the love

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीबाट थलिएको पर्यटन पुनरुत्थानको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा अमेरिकालगायत मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारीलगायत महत्वपूर्ण काम गरेको छ ।

निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रीको जिम्मेवारी सम्हालेको एक सय ८३ दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन, दिगो पर्यटन विकासको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा हवाई सम्पर्क सञ्चालन विस्तारका साथै हवाई पूर्वाधारमा समेत महत्वपूर्ण काम भएको छ ।

विसं २०७९ असार १२ गते पर्यटनमन्त्रीमा नियुक्त भएका मन्त्री श्रेष्ठको नेतृत्व र पहलमा एक सय ८३ दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य सार्वजनिक गर्दै मन्त्रालयले पन्ध्रौं पञ्चवर्षीय योजना, दीगो विकासको लक्ष्य तथा सरकारको नीति तथा कार्यक्रमले निर्दिष्ट गरेबमोजिम पर्यटन प्रवद्र्धन, पुरातत्व एवम संस्कृति संरक्षण र नागरिक उड्डयनको समग्र विकासमा मन्त्रालयले प्रभावकारी भूमिका खेलेको उल्लेख गरिएको छ ।

पर्यटन पूर्वाधार सहित समग्र वकिासका लागि पर्यटन दशकको अवधारणा अघि सारिएको छ । नेपाल सरकारले सन् २०२३ देखि २०३२ लाई नेपाल पर्यटन दशकका रूपमा मनाउने निर्णय गरेकाले उक्त अभियानलाई सफल बनाउन नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजनाको रुपरेखा तयार गरी सार्वजनिक गरिएको छ ।

अमेरिकी, स्वीजरल्याण्ड, रुवाण्डालगायतका मुलुकसँग हवाई सम्झौताको तयारी अन्तरिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालको समग्र पर्यटन, हवाई तथा सांस्कृतिक क्षेत्रमा सहकार्यको सम्भावनाबारे नेपालस्थित विदेशी नियोगका राजदूतसँग सम्भावित सहकार्यको पहल गरिएको छ । यसबीचमा भारत, नाइजेरिया, पोल्याण्ड, कतार, मलेसिया, इटालीलगायत मुलुकका राजदूतसँग छलफल गरिएको छ ।

विदेशमा नेपालको पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउनेबारेमा विभिन्न मुलुकमा रहेका नेपाली राजदूतसँग सामूहिक छलफल गरिएको प्रगति विवरणमा उल्लेख छ ।

कोभिड महामारीले सबैभन्दा धेरै असर गरेको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याई कार्यान्वयन अघि बढाउनु, पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन नेपाल पर्यटन दशक घोषणाजस्ता केही महत्वपूर्ण कामको सुरुवात गरिएको छ ।

महामारी पश्चात पर्यटनक्षेत्रको विकास र प्रवद्र्ध्नका लागि नेपालको पर्यटन क्षेत्र पुनरुत्थानसम्बन्धी ७४ बुँदे कार्ययोजना तयार गरी कार्यन्वयन गरिएको तथा पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ भन्ने सन्देश अन्तरिाष्ट्रय बजारमा प्रवाह गर्ने कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गरी काम अघि बढाइएको छ । राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको योगदानलाई चीरकालसम्म जिवित राख्न उनले गरेको योगदानको कदरस्वरुप एक लाख राशिको तीन जनालाई प्रदान गर्ने गरी शङ्खधर साख्वा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ ।

दाङ र चितवनको भरतपुर विमानस्थलमा ७२ सिटे जहाज अवतरण गर्न सक्ने गरी धावनमार्ग विस्तारको कार्य अघि बढाइएको छ ।

काठमाडौँ, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे सरोकारवालासँग छलफल गरी आवश्यक पूर्वाधार तयार गरेर रात्रिकालीन पदयात्रा सुरु गर्ने चरणमा रहेको छ ।

रात्रिकालीन सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउनेछन् । हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा गरी आगामी जनवरी १ मा उद्घाटन गर्ने मिति तय गरिएको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी अन्योलको अन्त्य भएको छ ।

सर्वोच्च अदालतको परमादेशअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषदले विज्ञ समूह गठन गरी अध्ययन प्रतिवेदन तयार गरेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै उड्डययन क्षेत्रलाई सुरक्षति, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पारिएको छ ।

 

Related

राजनीति

Post navigation

Previous Post: फिलिपिन्समा बाढीका कारण दशौँ हजार विस्थापित
Next Post: जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उपाध्यक्ष खान मन्त्री बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • अर्थतन्त्र र समाजको अन्तरसम्बन्धको कारण एक क्षेत्रको अर्थ अस्थिरताले अरूलाई पनि चाँडै असर गर्न सक्छ।: अलेक्सेई अलेक्सेयेभिच नोभिकोभ, महामहिम राजदुत, रसियन फेडरेसन
  • नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
  • एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
  • अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छः प्रधानसेनापति शर्मा
  • विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित
  • समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव
  • ४२ न्यायाधीशको पद रिक्त हुँदा पनि हामीले काममा तीव्रता दिएका छौं : कामु प्रधानन्यायाधीश कार्की

चुरे विनासले सिर्जित समस्या र समाधानका उपायहरु

मिथिला नगरपालिकाको जनचेतनामूलक संदेश

बटेश्वर गाउँ कार्यपालिकाको जनचेतनामूलक संदेश

Village Women’s Craft Center

काेभिड संक्रमण

उपयाेगी संयाेजक

विनिमय दर
सुन चाँदि
सेयर बजार
मौसम

सम्पर्क

विज्ञापनकाे लागि सम्पर्क

Email: tribunehimalayan@gmail.com

Phone: ९८४४३६०३७९

Nuna Traders for Montessori Items

समाचार शीर्षक

गृह पृष्ठ
राजनीति
अर्थतन्त्र
स्वास्थ्य
शिक्षा
विश्व मामिला
साहित्य।सृजना
विचार
खेलकूद।मनाेरन्जन
ENGLISH

Breadcrumbs

a

News

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।
  • मनाङमा उपाध्यक्षसहित ६१ पदमा निर्विरोध १३ दलित महिला सदस्यसहित १४ सदस्यमा उम्मेदवारी नै परेन
    लमजुङ — हिमाली जिल्ला मनाङको ४ वटा गाउँपालिकाका ६१ पदमा निर्विरोध भएको छ । यसमा नार्पाभूमिमा एमालेबाट निर्विरोध उपाध्यक्ष समेत छन् । चामे गाउँपालिकामा १२ जना निर्विरोध भएका छन्

    ५ वडा रहेको चामेमा वडा नं. १ मा एमाले अध्यक्ष र वडा नं. २ मा कांग्रेस वडाध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरी एमाले र कांग्रेसका ५/५ जना सदस्य निर्विरोध भएका छन् । यसमा वडा नं. १ र २ को सिंगो टिम निर्विरोध भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

    उनका अनुसार नासों गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । यसमा कांग्रेसबाट वडा नं. ५, ६ र ७ मा वडाध्यक्ष निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ४ मा वडाध्यक्ष निर्विरोध भएका छन् । गाउँपालिकाभरी कांग्रेसका १२ सदस्य साथै एमाले र स्वतन्त्रका १/१ जना सदस्य निर्विरोध भएका छन् । वडा नं. २, ३, ६ र ७ मा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन ।

    मनाङ ङिस्याङ गाउँपालिकामा १३ जना निर्विरोध भएका छन् । स्वतन्त्रका २ वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रको सिंगो टिम नै निर्विरोध भएको छ । स्वतन्त्रका ७ जना सदस्य, ७ सदस्य, एमालेको १ सदस्य र कांग्रेसको ३ सदस्य निर्विरोध भएका छन् । वडा नं. ३ मा १ जना दलित महिला सदस्य कांग्रेसबाहेक सबै स्वतन्त्र निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

    नार्पाभूमि गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । एमालेबाट गाउँपालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । वडा नं. ४ र ५ मा वडाध्यक्ष स्वतन्त्रका निर्विरोध भएका छन् । वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष निर्विरोध भएका छन् ।

    स्वतन्त्रका १० जना सदस्य, एमालेका १ र कांग्रेसका ३ जना वडा सदस्य निर्विरोध भएका छन् । ५ वटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नं. १ मा महिला सदस्यको उम्मेदवारी पनि परेको छैन ।
  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।

    ‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’

    यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए । त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

हिमालयन ट्रिबुन मेडिया प्रा.लि.

नयाँबानेश्वर, काठमाण्डाै, नेपाल
सम्पर्क नंम्बर : ९८४४३६०३७९
इमेल : tribunehimalayan@gmail.com
प्रकाशक : जीवन कुमारी दाहाल
सम्पादक : विश्वनाथ आचार्य
निर्देशक।सह सम्पादक: संजय प्रसाद पाैडेल
कानुनी सल्लाहकार : बिमल सुवेदी
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३३४८।२०७८।७९
क.र.का.दर्ता नं. : २४०५९७।७७।७८
For Ad... : tribunehimalayan@gmail.com Cell at: 9844360379

Copyright © 2023 हिमालयन ट्रिबुन.

Powered by PressBook WordPress theme