भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । मोदीकी आमा हिराबेनको एक सय वर्षको उमेरमा निधन भएको छ । बुधवार, हीराबेनको स्वास्थ्य अवस्था बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।
सयौं जन्मदिनमा आफूलाई आमाले बुद्धिमानीपूर्वक काम गर्न र पवित्रताका साथ जीवन बिताउन भनेको आफूले अहिले स्मरण गरिरहेको मोदीले बताएका छन् ।