काठमाडौँ । सरकराले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा सदस्यको एक सिटका लागि माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने क्रममा राष्ट्रिय सभाका सदस्य खिमलराल भट्टराईले राजीनामा दिएका थिए । सोही स्थानका लागि उपनिर्वाचन हुन लागेको हो ।