काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ नेपाल काठमाडौं आइपुगेका छन् । राजदूत सोङ आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।
सोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायतका चिनियाँ दूतावासका अधिकारीले स्वागत गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने बताए । उनले नेपालको विकास, समृद्धि र चिरस्थायी मित्रतामा सहयोग गर्ने बताए ।
चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि चीनले नेपालका लागि नयाँ राजदूतमा सोङलाई नियुक्त गरेको हो ।
उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन् । नयाँ राजदूत छन् सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन्। उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन्।