काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए ।