काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ ।
सरकारले विश्वासको मत पाएसँगै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा लगातार छलफल भइरहेको छ । सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डाको टुंगो लगाएर प्रधानमन्त्री मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा छन् ।