काठमाडौं । नेकपा एमालेका सांसद सुवास नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह गरेका छन् ।
बिहीवार प्रतिनिधिसभाको बैठकमा उनले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने काम सभामुखका उम्मेदवार घिमिरेले मात्रै सक्ने बताए । उनले सरकारलाई जनताप्रति व्यक्तिगत र सामुहिक रुपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए ।
उनले सिंगो प्रतिनिधिसभालाई एकतावद्ध बनाएर, सांसदहरुको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भुमिकामा घिमिरे उपयुक्त पात्र रहेको बताए । उनले घिमिरेले नेपाली राजनीतिमा पुर्याएको योगदानको कदर गर्दै आफूले सभामुखमा प्रस्ताव गरेको बताए ।
सांसद नेम्वाङले सभामुख उम्मेदवार घिमिरे सदनको बारेमा पनि विज्ञ भएकाले उनले प्रतिनिधिसभामा रहेका सम्पूर्ण राजनीतिक दलहरुको विश्वासलाई समेट्नेमा पूर्ण विश्वास रहेको बताए ।