बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आइतबार सत्तारुढ कन्जरभेटिभ पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गरेका छन् ।
कर मामिलाको अनुसन्धानपछि अध्यक्ष जाहावीलाई दोषी देखिएपछि मन्त्रीपदको पदीय मर्यादाको ‘गम्भीर उल्लङ्घन’गरेको भन्दै सरकारबाट बर्खास्त गरिएको हो ।
गतवर्ष राजनीतिक उथलपुथलको अवधिमा बेलायतको अर्थमन्त्री रहेका जाहावीलाई पछिल्लो समय करोडौं डलरको भुक्तान नगरिएका कर बिल सुल्झाएको आरोपमा राजीनामा दिन व्यापक दबाब दिइएको थियो।
त्यसपछि व्यापक विवादमा आएका जाहावीलाई बर्खास्त गरिएको हो । प्रधानमन्त्री सुनकले स्वतन्त्र अनुसन्धान पूरा भएपछि उनीबाट पदीय मर्यादाको गम्भीर उल्लङ्घन भएको पाइएको र उनलाई मन्त्री पदबाट हटाउने निर्णय बारे राजालाई पनि जानकारी गराइएको बताए ।