
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्रीलाई भेट्न सभापति लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
नागरिकताका कारण पद गुमाएका लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा लामिछानेले गृहमन्त्रीमा आफूलाई नियुक्त गर्न आग्रह गरेको बताइएको छ ।