काठमाडौं । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरलाई निलम्बन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार थाई स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई कायमै राख्न घुस मागेको प्रमाण भेटिएपछि मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।
ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकोले निलम्बन गरिएको मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसीले जानकारी दिएका छन् ।
यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरी पठाइने केसीले बताए।