काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले अहिलेको सत्ता गठबन्धन तोडिने संकेत गरेका छन् ।
मंगलबार अनेरास्ववियुको २३औं महाधिवेशन उदटन कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन भत्काएर सरकार बनाउन सफल भएपनि गठबन्धन फेरिनसक्ने संकेत गरेका हुन् ।
उनले स्थायित्व हुन नदिने प्रयास अहिले भइरहेको बताए । उनले भने, ‘पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाएका छौं। यो सफलताको कुरा हो । तर कथंकदाचित यो स्थिति फेरियो भने… । संसद्को बनावट नै अस्थिरताको कारक बनेको छ ।’
देशमा स्थिरता हुन नदिन अनेक किसिमका प्रयासहरू भइरहेको भन्दै अध्यक्ष ओलीले डकैती हुन नदिन एमालेले पाले बन्नुपर्ने अवस्था आएको बताए । उनले भने,’यो देश वर्वाद पार्न भित्र, बाहिरका शक्तिहरू क्रियाशील छन्। हामी सचेत हुनुपर्छ ।’