मधेस, ११ पुष २०८१, सबैला नगरपालिका, धनुषामा प्लान इन्टरनेशनल नेपालको साझेदारी, सवैला नगरपालिकाको समन्वय र जानकी महिला जागरण समाजको सहजिकरणमा संचालित सशक्त–बालिका परियोजनाको क्रियाकलापहरुको पहिलो चरणको अनुगमन सम्पन्न भएको छ ।
सशक्त बालिका परियोजनाले प्रारम्भिक बाल विकास(ECD) र किसोरी संरक्षणको सवालमा काम गरिरहेको छ ।
जानकी महिला जागरण समाज जनकपुरधामको सहजिकरणमा सबैलाको ४ वटा वडाहरु ९, १०, ११, र १३ र सहिदनगर नगरपालिकाको वडा न ७ मा यो परियोजना संचालनमा रहेको छ । परियोजनामा हालसम्म भएका कृयाकलापहरुको जानकारी लिदै किसोरी समूह गठन र अभिभावक शिक्षा कक्षाको अनुगमन गरिएको हो । जसमा सबैला वडा नं ११ को इनरवा टोलमा किशोरी समूह गठन गरिएको, सबैला ११ इनरवा टोल र सबैला १० को खरियानी टोलमा अभिभावक शिक्षा सत्र संचालन गरिएका अनुगमन गरियो ।
अनुगमन टोलीको नेतृत्व जानकी महिला जागरण समाजको बोर्डको पदाधिकारीहरु मन्दा कुमारी कर्ण , सन्जु दास र रामदत्त ठाकुर त्यसै गरि कार्यक्रमसँग आबद्ध निकिता सिंह यादव र लेखा शाखाको प्रतिनिधि समेतको उपस्थिती रहेको थियो ।
अनुगमन भ्रमण पश्चात भएको छलफलमा सहजिकरण र कार्यक्रमको लक्षित सहभागिहरुको उपस्थिती र उत्साह सकारात्मक देखिएको र आगामि दिनमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सर्वपक्षिय अनुगमनलाई निरन्तरता दिने समेत प्रतिवद्धता गरियो ।
तस्विर:
