काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । शनिबार मलेसियाका बाङ्गीस्थित वाइएसडी–यूकेएल क्रिकेट ओभलमा भएको खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ५२ रनको झिनो लक्ष्य बङ्गलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । बङ्गलादेशका लागि सादिया इस्लामले १६ र सुमैया अक्तेरले १२ रन बनाइन् ।
नेपालका लागि कप्तान पूजा महतो, रचना चौधरी, रिया शर्मा र सीमाना केसीले १–१ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा ५२ रन बनाएर अलआउट भएको थियो । अब अर्को खेलमा नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।