काठमाडौं । नेपाल महिला टी–२० श्रृंखलाको पाँचौं खेलमा पनि पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा विना विकेट पुरा गर्यो ।
नेदरल्याण्ड्सका लागि स्टेरे कालिस २ रनले शतकबाट चुकिन् । स्टेरे ९८ र फिबे मोल्केनबोअर ४८ रनमा अविजित रहिन् । यसअघि नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।