जनकपुरधाम, फाल्गुन १३ गते ।
अभिभावक शिक्षा संचालनको लागि सबैलामा २ दिने प्रारम्भिक बालविकासको लागि अभिभावक शिक्षा संम्वन्धि तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना(GSS) ले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा यो कार्यक्रम संचालित छ । उक्त तालिममा सबैला नगरपालिकाको ४ वटा वडाको महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मिहरु गरि २४ जनालाई तालिम प्रदान गरिएको छ । अभिभावक शिक्षा सम्बन्धी उक्त तालिममा सहजकर्ता सतोषर स्वास्थ्य चोकिका सि अ न मि जीवन कुमारी साह र जानकी महिला जागरण समाजको कार्यक्रम संयोजक निकिता सिंह यादवले सहजीकरण गर्नुभएको थियो ।
उक्त तालिममा नेपाल सरकारले नै निर्माण गरेको सन्दर्भ सामग्रीहरु, अभिभावक शिक्षा तालिम निर्देशिकाबाट प्रशिक्षण दिइएको ज्वासका कार्यक्रम अधिकृत खगेन्द्र दहालले जानकारी दिनुभयो । उक्त प्रशिक्षणमा अभिभावक शिक्षा संम्वन्धि पाठहरु प्रारम्भिक बाल्य अवस्थाकाा विकासात्मक चरणहरु ,समयमानै अपांगताको पहिचान , स्थनपानको महत्व र तरिका साथै बालबालिकाको लागि पुरक वा थप खानाको बारेमा कक्षा संचालन गर्ने बारेमा अभ्यास भएको र यहि मार्च महिनामा आ आफ्नो कार्यक्षेत्रको अभिभावक समुहमा कक्षा संचालन गरिने कार्ययोजना निर्माण गरिएको छ ।
समुदायमा अभिभावक शिक्षा सम्वन्धि ४ वटा कक्षाहरु हरेक नव गठित समुहमा संचालन भै सकेको र बाल बालबालिकाको लागि लिटो वनाउने सहि तरिका र यसको महच्वबारेमा १६ वटा समूहमा प्रयोगगात्मक कार्य गरिसकेकोे र आगामि दिनमा समुदायहरुमा अभिभावक शिक्षा सम्वन्धि चार वटा कक्षाहरु प्रभावकारी रुपमा संचालनहुने लक्षको साथ यो तालिम आयोजना गरिइको ज्वासका कार्यक्रम संयोजक तथा प्रशिक्षक निकिता सिंह यादवले जानकारी दिनुभयो । उक्त तालिमा सबैला नगर पालिकाको महिला विकास निरिक्षक तथा प्रारम्भिक बाल विकास समितिको सदस्य आशा कुमारी सिंहले आगामि महिनाहरुमा यस तालिमका सहभागिहरुले अझ प्रभावकारी कक्षा संचालन गर्ने अपेक्षा राखेको भनि समापन मन्तव्य दिनुभयो ।