
काठमाडौं । काठमाडौंको साँखुमा टिपरको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पौने ४ बजेको समयमा साँखुस्थित द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई पस्दा तीन जनाको मृत्यु भएको हो ।
ठक्करबाट २१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।