
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएको छ । बोहराको उपचारको क्रममा काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।
उनी लामो समयदेखि अस्वस्थ थिए । बोहरा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।