
काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन आजराति १२ मध्यरातदेखि अन्त्य हुँदैछ । गत माघ १८ गतेबाट सुरु भएको अधिवेशन मंगलबारसम्म गरी ६१ दिन चल्यो ।
अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ । जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सभाबाट पारित भएका छन् भने ४ वटा विधेयक समितिमा विचाराधीन छन् ।
अधिवेशनले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सुशासन प्रवद्र्धनतथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई प्रतिस्थापन विधेयकका रूपमा पारित गरेको छ ।