
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् ।
शुक्रबार चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले अहिलेको सरकारले नै देश विकसित र सुशासनयुक्त बनाउने जिकिर गरे । उनले भने, ‘यो सरकार स्थिर छ । ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन । देशमा स्थायित्व स्थापित हुनेछ । नेपाली कांग्रेस र नेकपा एमाले पुराना, ठूला, देशमा बलिदान गरेर इतिहास बोकेका पार्टी हुन् । हामी संयुक्त प्रयासबाट देशमा स्थायित्व र स्थिरता कायम गरी देशको विकास गर्न जरुरी छ भनेरनै एकठाउँमा आएका हौं ।’
उनले सुखी नेपाली र समृद्ध नेपाल धेरै ठूलो औषधि सानो क्याप्सुलमा राखेजस्तो भएको बताए ।