काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्ति प्रधानमन्त्री केपी शर्मा ओलीका कारण ढिलाइ नभएको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्र बैंक भित्रकै समस्याले गभर्नर नियुक्तिमा ढिलाई भएको बताएका हुन् ।
उनले भने, ‘गभर्नरको नियुक्ति ढिलो भएको पनि प्रधानमन्त्रीजीको कारण होइन । राष्ट्र बैंक भित्रकै समस्याले गर्दा हो ।’ सभापति देउवाले एमालेसँगको गठबन्धनमा कुनै समस्या नरहेको बताए ।