काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । खुमलटारस्थित निवासमा गएराति वाथरुममा लडेर प्रचण्ड घाइते भएका हुन् ।
घाइते भएपछि राति नै उपचारका लागि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो । उपचारपछि अहिले भने प्रचण्ड निवासमै आराम गरिरहेका माओवादीका एक नेताले जानकारी दिएका छन् ।