काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाल लाओसँग पराजित भएको छ । मंगलबार लाओसको न्यु लाओस स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा एक र दोस्रो हाफको सुरुवातमा एकएक गोल खाएको नेपालले दोस्रो हाफको मध्येतिर एक गोल मात्र फर्काउन सक्यो । लाओसले खेलको १३औं मिनेटमा गोल गर्दै पहिलो अग्रता ल्याएको थियो ।
पुनः खेलको ४९औं मिनेटमा गोल गर्दै लाओसले अग्रतालाई दोब्बर बनायो । नेपालका लागि मनिष डागीले खेलको ७३ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काएका हुन् ।