काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठकमा विरोध कायम राखेको छ । बैठक शुरु हुनासाथ रास्वपाका सांसद गणेश पराजुलीले आफूहरुको माग भिजिट भिसाको मात्र नभएर कैयौं बर्षदेखि चल्दै आएको मानव तस्करीविरुद्ध छानबिन गर्न भएको भन्दै आफ्ना माग पुरा नभएसम्म विरोध जारी रहने बताएका थिए ।
रास्वपाका सांसदहरुले सभामुखले बैठक अगाडी बढाएपछि नाराबाजी शुरु गरेका थिए । त्यस्तै राप्रपाका सांसदहरुले भने आज पनि संसदको बैठक बहिष्कार गरेको छ ।