29th June 2025, STC Oval, Kuala Lumpur . ACC U16 Men East Zone Cup 2025. Match 17 between Nepal and Indonesia (Photo by Vincent Phoon for Asian Cricket Council)
काठमाडौं । एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ ।
आइतबार मलेसियाको क्वालालम्पुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ४२० रनको योगफल तयार पारेको हो । नेपालका लागि ओपनर प्रशिद्ध जैसीले १३२ रनको योगदान दिए ।
११४ बल खेलेका प्रशिद्धले १५ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै, रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रनको योगदान दिए ।
यसैगरी, सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे । नेपालले यसअघि सिंगापुरलाई ५ विकेट र जापानलाई ९ विकेटले पराजित गरेको थियो ।