काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायलमा निवेदन दिएकी छन् । पूर्वराष्ट्रपति भण्डारी आजकै मितिबाट लागू हुनेगरी सेवा सुविधा नलिने गरि बुधबार गृहमा निवेदन दिएकी हुन् ।
भण्डारीले पत्रमा सुरक्षाबाहेकका सुविधा फिर्ता लिन आग्रह गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् ।
सरकारले पूर्वराष्ट्रपति भण्डारीलाई दुई जना स्वकीय र इन्धनबापत रकम दिँदै आएको थियो ।