जनकपुरधाम, माघ १३ गते ।
सशक्त वालिका परियोजना अन्तरगत ४ वटा वडाहरुमा स्वस्थ्य आमा समुह गठन सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना (GSS) ले प्रारम्भिक वाल विकास र बालिका संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ मा विगत १ वर्षदेखि अभिभावक शिक्षा ५२ वटा समुहमा संचालित भएको थियो र हाल १५–४९वर्षको महिलाहरु समेटि साविकको वडा अनुसारको स्वस्थ्य आमा समुह गठन गरिएको हो । नेपाल सरकारको स्वस्थ्य आमा समुह गठन गर्ने प्रावधान अनुसार एकजना महिला स्वास्थ्य स्वयमसेविकाद्वारा एउटा समुह संचालन गरिने छ ।
समुहको गठनबाट गर्भजाँच, सुरक्षित सुत्केरी हेरचाह,खोप सम्वन्धि जानकारी,पोषण,सरसफाइ, परिवार योजना,किशोरी स्वास्थ्य,महिनावारी स्वच्छता, स्वास्थ्य सेवा प्रदायक र सेवाग्राही विचको सम्वन्ध सुधार गरिने छ । गठन प्रकृयामा महिलाहरु वडा प्रतिनिधी,महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य कर्मिहरु र जानकी महिला जागरण समाजबाट परियोजनामा आवद्घ कर्मचारीहरुको उपस्थिति रहेको थियो । सहजिकरण स्वास्थ्य संस्थाका प्रमुखहरुले गर्नुभएको थियो ।
परियोजनाले गर्दा ANC PNC checkup बढेको सन्तानको स्याहारमा र सहभागितामा पुरुषहरुको संलग्नता बढेको,स्वयम सेविकाहरुको र स्वास्थ्यकर्मिहरुको क्षमता अभिवृद्घि भएको सबैला स्वास्थ्य संयोजक गुलेश्वर गरेरीले बताउनु भयो । स्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवाको हिसावले वडा न ११,९ ले प्रथम र मध्यम स्तरको स्थान हासिल गरेको छ । स्वास्थ्यकर्मिहरु र सेवा ग्राहि बिचको सम्पर्क र समन्वय राम्रो बन्दै गएको छ । आगामि दिनमा सबै महिला स्वास्थ्य स्वयम् सेविकाहरुले आ आफ्नो टोलमा स्वस्थ्य आमा समुह प्रभावकारी रुपमा संचालन गर्न नगरपालिकाले विशेष पहल गर्न सुझाव रहेको परियोजनाको कार्यक्रम अधिकृत खगेन्द्र दहालले बताए ।