Skip to content

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

  • समाचार
  • राजनीति
  • अर्थ
  • इतिहास
  • विचार
  • विश्व मामिला
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • खेलकूद
  • ENGLISH
  • स्थानिय निर्वाचन
  • Toggle search form

Category: खेलकूद

विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित

Posted on २०७९ फाल्गुन १५, सोमबार १९:११ By HT No Comments on विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित
विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले हराएको छ । पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । यस्तै आसिफ शेखले ४४ र आसिफ शेखले ३३ रन बनाए…

Read More “विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित” »

खेलकूद

सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति

Posted on २०७९ फाल्गुन १५, सोमबार १८:०५ By HT No Comments on सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति
सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले धरौटीमा छाड्ने आदेश सदर गर्दै उनलाई विदेश जान अनुमति दिएको हो । सन्दीपको मुद्दामा आइतबारदेखि जारी सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामा फर्काउनु नपर्ने ठहरसहित विदेश जाने अनुमति दिएको हो । सन्दीपले विदेश जान लागेको…

Read More “सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति” »

खेलकूद

स्पट फिक्सिङ प्रकरणः सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन

Posted on २०७९ फाल्गुन ३, बुधबार १९:०२ By HT No Comments on स्पट फिक्सिङ प्रकरणः सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन
स्पट फिक्सिङ प्रकरणः सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुई महिनाअघिको टी–२० क्रिकेट लिगमा भएको भनिएको स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार १२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहित आफ्नो प्रतिवेदन बुझाइएको जानकारी दिए । उनका अनुसार उनीहरूमाथि स्वाभाविक नतिजालाई फेरबदल गर्न मद्दत…

Read More “स्पट फिक्सिङ प्रकरणः सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन” »

खेलकूद

एकदिवसीयमा रोहितको एक हजार रन पूरा

Posted on २०७९ फाल्गुन २, मंगलवार २०:२७ By HT No Comments on एकदिवसीयमा रोहितको एक हजार रन पूरा
एकदिवसीयमा रोहितको एक हजार रन पूरा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा ५५ रन बनाउँदै रोहितले एक हजार रन पूरा गरेका हुन् । योसँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्…

Read More “एकदिवसीयमा रोहितको एक हजार रन पूरा” »

खेलकूद

नामिबियामाथि नेपालको जित

Posted on २०७९ फाल्गुन २, मंगलवार २०:१५ By HT No Comments on नामिबियामाथि नेपालको जित
नामिबियामाथि नेपालको जित

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई हराएको छ । मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको हो । नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन…

Read More “नामिबियामाथि नेपालको जित” »

खेलकूद

दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेश प्रदेश विजयी

Posted on २०७९ माघ २८, शनिबार २१:०५ By HT No Comments on दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेश प्रदेश विजयी

वीरगंज । प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घ विजयी भएको छ । वीरगञ्जको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेस प्रदेश विजयी भएको हो । प्रतियोगिताको म्यान अफ दी म्याच मधेस प्रदेशकी उजेली चौधरी…

Read More “दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेश प्रदेश विजयी” »

खेलकूद

साफ यू–२० फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित

Posted on २०७९ माघ २६, बिहीबार २०:२४ By HT No Comments on साफ यू–२० फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा बिहीबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–० गोलले पराजित भयो । पहिलो हाफमा दुई गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १/१ गोल गरे । लिग…

Read More “साफ यू–२० फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित” »

खेलकूद

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

Posted on २०७९ माघ २३, सोमबार २२:३१ By HT No Comments on नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त
नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले मोन्टी देशाईलाई नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले विश्व क्रिकेटका उत्कृष्ट ब्याटिङ प्रशिक्षक मानिने मोन्टी देशाईलाई नेपालको मुख्य प्रशिक्षकमा औपचारिक रुपमा सोमबार नियुक्त गरेको जानकारी दिएको हो । मोन्टी माघ १४ मा नेपाल आइपुगेका थिए । नेपाल आएको भोलिपल्ट मोन्टीले नेपालमा प्रशिक्षण सुरु गरेका थिए ।…

Read More “नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त” »

खेलकूद

महिला फुटबलमा नेपालद्वारा भूटान पराजित

Posted on २०७९ माघ २२, आईतवार १९:४६ By HT No Comments on महिला फुटबलमा नेपालद्वारा भूटान पराजित
महिला फुटबलमा नेपालद्वारा भूटान पराजित

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपालले भूटानलाई ४–० गोल अन्तरले हराउँदै विजयी भएको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको…

Read More “महिला फुटबलमा नेपालद्वारा भूटान पराजित” »

खेलकूद

ऋणका कारण रङ्गशालाको कामअघि बढाउन समस्या

Posted on २०७९ माघ ८, आईतवार १४:०७ By HT No Comments on ऋणका कारण रङ्गशालाको कामअघि बढाउन समस्या
ऋणका कारण रङ्गशालाको कामअघि बढाउन समस्या

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउदै निर्माण रोकेको हो । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभुवन…

Read More “ऋणका कारण रङ्गशालाको कामअघि बढाउन समस्या” »

खेलकूद

Posts navigation

1 2 … 50 Next

Recent Posts

  • नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
  • एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
  • अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छः प्रधानसेनापति शर्मा
  • विश्व कप क्रिकेट लिग–२ मा नेपालको लगातार पाँचौं जित
  • समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव
  • ४२ न्यायाधीशको पद रिक्त हुँदा पनि हामीले काममा तीव्रता दिएका छौं : कामु प्रधानन्यायाधीश कार्की
  • सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति

चुरे विनासले सिर्जित समस्या र समाधानका उपायहरु

मिथिला नगरपालिकाको जनचेतनामूलक संदेश

बटेश्वर गाउँ कार्यपालिकाको जनचेतनामूलक संदेश

Village Women’s Craft Center

काेभिड संक्रमण

उपयाेगी संयाेजक

विनिमय दर
सुन चाँदि
सेयर बजार
मौसम

सम्पर्क

विज्ञापनकाे लागि सम्पर्क

Email: tribunehimalayan@gmail.com

Phone: ९८४४३६०३७९

Nuna Traders for Montessori Items

समाचार शीर्षक

गृह पृष्ठ
राजनीति
अर्थतन्त्र
स्वास्थ्य
शिक्षा
विश्व मामिला
साहित्य।सृजना
विचार
खेलकूद।मनाेरन्जन
ENGLISH

Breadcrumbs

a

News

  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।
  • मनाङमा उपाध्यक्षसहित ६१ पदमा निर्विरोध १३ दलित महिला सदस्यसहित १४ सदस्यमा उम्मेदवारी नै परेन
    लमजुङ — हिमाली जिल्ला मनाङको ४ वटा गाउँपालिकाका ६१ पदमा निर्विरोध भएको छ । यसमा नार्पाभूमिमा एमालेबाट निर्विरोध उपाध्यक्ष समेत छन् । चामे गाउँपालिकामा १२ जना निर्विरोध भएका छन्

    ५ वडा रहेको चामेमा वडा नं. १ मा एमाले अध्यक्ष र वडा नं. २ मा कांग्रेस वडाध्यक्ष निर्विरोध भएका छन् । पालिकाभरी एमाले र कांग्रेसका ५/५ जना सदस्य निर्विरोध भएका छन् । यसमा वडा नं. १ र २ को सिंगो टिम निर्विरोध भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

    उनका अनुसार नासों गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । यसमा कांग्रेसबाट वडा नं. ५, ६ र ७ मा वडाध्यक्ष निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ४ मा वडाध्यक्ष निर्विरोध भएका छन् । गाउँपालिकाभरी कांग्रेसका १२ सदस्य साथै एमाले र स्वतन्त्रका १/१ जना सदस्य निर्विरोध भएका छन् । वडा नं. २, ३, ६ र ७ मा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन ।

    मनाङ ङिस्याङ गाउँपालिकामा १३ जना निर्विरोध भएका छन् । स्वतन्त्रका २ वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. ९ मा स्वतन्त्रको सिंगो टिम नै निर्विरोध भएको छ । स्वतन्त्रका ७ जना सदस्य, ७ सदस्य, एमालेको १ सदस्य र कांग्रेसको ३ सदस्य निर्विरोध भएका छन् । वडा नं. ३ मा १ जना दलित महिला सदस्य कांग्रेसबाहेक सबै स्वतन्त्र निर्विरोध भएका छन् । मनाङ ङिस्याङमा १, २, ७ र ८ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

    नार्पाभूमि गाउँपालिकामा १८ जना निर्विरोध भएका छन् । एमालेबाट गाउँपालिका उपाध्यक्षमा १ जना निर्विरोध भएका छन् । वडा नं. ४ र ५ मा वडाध्यक्ष स्वतन्त्रका निर्विरोध भएका छन् । वडा नं. १ मा कांग्रेसका वडाध्यक्ष निर्विरोध भएका छन् ।

    स्वतन्त्रका १० जना सदस्य, एमालेका १ र कांग्रेसका ३ जना वडा सदस्य निर्विरोध भएका छन् । ५ वटै वडामा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नं. १ मा महिला सदस्यको उम्मेदवारी पनि परेको छैन ।
  • कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
    काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । योसँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय कामीरिता शेर्पा २६ औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान ‘ब्रेक’ गरेका छन् ।

    ‘कामीरितासहित ११ नेपाली शेर्पाहरुको टोलीले शनिबार बेलुकी ६:५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेका छन्,’ काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने,‘कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए ।’

    यस सिजनमा आरोहीहरुका लागि सगरमाथामा रोप फिक्सिङ (डोरी टागेर) गरी चुचुरोसम्मै बाटो बनाइदिने कामीरिताले नेतृत्व गरेको टोलीमा संखुवासभाका सोना शेर्पा, निग्मा टासी शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जिङ शेर्पा, तारेमान शेर्पा थिए । त्यस्तै सोलुखुम्बुका निग्मा टासी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, फुर्वा छोतार र दोलखाका मिग्मा धन्दु शेर्पा थिए । यी सबै शेर्पा आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने भनिएको छ ।

हिमालयन ट्रिबुन मेडिया प्रा.लि.

नयाँबानेश्वर, काठमाण्डाै, नेपाल
सम्पर्क नंम्बर : ९८४४३६०३७९
इमेल : tribunehimalayan@gmail.com
प्रकाशक : जीवन कुमारी दाहाल
सम्पादक : विश्वनाथ आचार्य
निर्देशक।सह सम्पादक: संजय प्रसाद पाैडेल
कानुनी सल्लाहकार : बिमल सुवेदी
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३३४८।२०७८।७९
क.र.का.दर्ता नं. : २४०५९७।७७।७८
For Ad... : tribunehimalayan@gmail.com Cell at: 9844360379

Copyright © 2023 हिमालयन ट्रिबुन.

Powered by PressBook WordPress theme