काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पदको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार मन्त्री थापाले शपथ लिएका हुन् । मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिएका राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् । यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा गृह मन्त्रालयको नेतृत्व गरिरहेका थापाको आइतबार राष्ट्रियसभा […]

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक समिति) बैठक तत्काल रोक्न आग्रह गरेका छन् । आइतबार पार्टीलाई एकतावद्ध बनाउन विशेष ध्यानाकर्षण पत्र जारी गरी बोहोराले यस्तो आग्रह गरेका हुन् । उनले पार्टी एकतालाई जोगाउनका लागि कसैले पनि मेरो […]

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले संविधानको रक्षा गर्दै अगाडि बढ्न खोज्दा घेराबन्दी भएको बताएका छन् । आइतबार नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रममा सभामुख सापकोटाले संविधानको रक्षा गर्दा संसदलाई घेरबन्दी भइरहेको बताएका हुन् । संसद र आफूमाथि अनेक टिप्पणी भइरहेको भन्दै सभामुखले आफू जनताको अधिकतम हितमा लाग्ने […]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र अदालत मिलेर नेकपा विभाजन गरेको आरोप लगाएका छन् । आइतबार चितवनको माडीमा वाइसिएल नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली र अदालत मिलेर पार्टी विभाजन गरेको आरोप लगाएका हुन् हुन् । उनले पार्टी विभाजन गर्ने कदम […]

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई गृहमन्त्री नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले थापालाई गृहमन्त्री पुनर्नियुक्त गरेकी हुन् । थापालाई संविधानको धारा उपधारा (१) अनुसार मन्त्रीमा पुनर्नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । आइतबारै संघीय संसद् सचिवालयले गृहमन्त्री थापा राष्ट्रियसभा सदस्य नरहेको सूचना टाँस गरेको थियो । […]

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको बैठक सर्वदलीय नभई एमसीसी बैठकको भएको बताएका छन् । आइतबार ट्वीट गर्दै भट्टराईले बैठकमा आफ्नो पार्टीलाई निम्ता नआएको र चेइ नभनी कुकुर पनि कसैको घरमा नजाने बताए । उनले लेखेका छन्, ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन […]

काठमाडौैं । संघीय संसद्ले गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद रिक्त रहेको जानकारी गराएको छ । नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन् । तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको […]

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएपछि स्थगित भएको थियो । बैठकमा मुख्यगरी १४ औं महाधिवेशनका तयारी, क्रियाशील […]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिने बताएका छन् । अखिल नेपाल शिक्षक सङ्गठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद्को शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जनताको एजेण्डा बोकेका कारण आफूहरूलाई जनताको साथ प्राप्त भएको […]

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । मुख्यमन्त्री शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गरेर आफूलाई साथ दिएका नेकपा एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका छन् । यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा […]