काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरी सिंहले आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा सिंहले वर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिसम्मत चलाउन नसकेकाले यस्तो नेतृत्व फेरि दोहोरिन नहुने भन्दै आफूले उम्मेदवारी घोषणा गरेको […]

बुटवल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको यात्रामा अगाडि बढाउन सबैको बानी र संस्कारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । समाजवादी प्रेस सङ्गठनले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजवादका निम्ति पूर्वाधार निर्माण गर्दै नेपाली समाजको चेतनामा परिवर्तन गरी सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने […]

बागमती । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक लोकतन्त्रलाई बलियो र संस्थागत गरेर लैजान सकिएमा मात्र कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सकिने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले नेता तथा कार्यकर्तामा लोकतान्त्रिक आदर्श, निष्ठा र नैतिक शक्ति अभिवृद्धि गरी स्वच्छ निर्वाचन र प्रतिस्पर्धालाई प्राथमिकता […]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई अरुको नीतिमा नहिँड्न सुझाव दिएका छन् । शुक्रबार कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई आफ्नो नीतिमा अरुलाई हिँडाउन सुझाव दिएका हुन् । उनले उनले भने, ‘कांग्रेसलाई मेरो सुझाव छ कि ऊ अरुका नीतिमा नहिँडोस् आफ्ना […]

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहबीच हातेमालो आवश्यक रहेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एक्लै हिँड्ने खोज्नेहरुको यात्रा ओरालो लागेकाले दलहरुबीच हातेमालो आवश्यक रहेको बताएका हुन् । लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिनका लागि कांग्रेस, माओवादी […]

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा अब राजतन्त्रको कुनै भविष्य नभएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रलाई फेरि शिर उठाउने दुस्साहस नगर्न चेतावनी दिएका हुन् । उनले भने,‘१६ वर्षअघि कांग्रेसको महाधिवेशनमा भाग लिएको थिएँ । त्यतिबेला राजतन्त्र र […]

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी एक कार्यकालका लागि एकपटक आफूलाई सभापतिमा विजयी गराउन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार पार्टीको महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले डरत्रासमुक्त समाज निर्माणका लागि आफूलाई विजयी गराउन आग्रह गरेका हुन् । उनले आफ्नो सरकार गठन हुनुअघि जनता डरत्रासमा […]

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए । पूर्व डिआईजी खरेलले देशमा अहिले कुशासन व्यप्त रहेको भन्दै त्यसलाई […]

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लामो समयपछि एउटै मञ्चमा देखिएका छन् । भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा प्रचण्ड र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल पनि सँगै देखिएका […]