काठमाडौं । भारतले नेपाली भूमि मिचेर मानसरोबर जाने सडक मार्ग उद्घाटन गरेको विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई पक्षीय संवादको तुरुन्तै र लगातार पहल गर्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले दुई पक्षीय वा त्रिपक्षीय पहलबाट पनि नभए यो विषयलाई अन्तराष्ट्रियकरण गर्न पनि सुझाब दिएको छ […]

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा भारतले नेपालको १९ किलोमिटर भूमि मिचेको भन्दै विस्तृत विवरण दिल्ली दूतावासमार्फत् मगाइएको जानकारी दिएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले भारतले पछिल्लोपटक १९ किलोमिटर भूभाग मिचेको जानकारी दिए । नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको […]

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्न नचाहेमा नेपालले त्यसभन्दा अगाडि कस्तो बाटो अपनाउने हो भन्ने निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अध्यक्ष प्रचण्डले सकेसम्म कूटनीतिक र उच्च राजनीतिक तहबाट समस्या समाधान हुनुपर्नेमा जोड दिए । […]

काठमाडौं । नेपाली कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भागमा देखिएका सीमा विवादको कुटनैतिक माध्यमबाट समाधान खोज्न सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गरी केवल वक्तव्य बाजी गरेर मात्र नभई कुटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नक्सा प्रकरणमा पनि […]

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ १. थुक्ने बानी बन्द गरौँ : सार्वजनिक स्थानमा थुक्नु असभ्यताको परिचय मानिन्छ | अहिले कोरोना संक्रमणको जोखिम बढेको समयमा बाटोमा, चौरमा तथा अन्य स्थानमा थुक्दा संक्रमित व्यक्तिले रोग सार्ने ठूलो माध्यम बन्छ | थुकमा कोरोना भाइरस २४ घण्टासम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ | […]

खगोलशास्त्रीहरू बृहस्पति ग्रहको असाधारण नयाँ तस्वीर खिच्न सफल भएका छन् । तस्वीरमा ग्यासले बनेको यो विशाल ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ । उक्त तस्वीर संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्पले इन्फ्रारेड किरणमा खिचेको हो। पृथ्वीबाट लिइएको यो अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर भएको बताइएको छ । […]

नारायण गाउँले । अध्यादेश ल्याउने र मान्छे उठाउने समयमा बरु खुरुखुरु लिपुलेक समेटेको नक्सा बनाएको भए हुने । संसदीय समितिले निर्देशन दिएकै थियो । निर्देशन पालना गर्नु सरकारको दायित्व थियो । विश्वभर नक्साभित्र पर्ने भूभाग त फिर्ता नपाएका कति उदाहरण छन् । लिपुलेक त नक्साभित्र पनि रहेनछ । त्यहाँका जनतासँग […]

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर यात्राका लागि नयाँ बाटो बनाएको विरोधमा नेपालीस्थीत भारतीय दूतावास घेराउ गर्न गएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । अनेरास्ववियुको नेतृत्वमा प्रदर्शन र घेराउ गर्न गएका विद्यार्थीलाई भूगर्भ विभाग नजिकैबाट प्रहरीले पक्राउ गरेको हो । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश […]