सरकार शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले जनताको स्वास्थ्य अप्ठ्यारोमाः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले स्थानीय निकायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने…