जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

Spread the love

काठमाडौं । सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । त्यसअघि आइतबार दिउँसो बसेको उच्चस्तरीय समितिको बैठकले सरकारलाई लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको अवस्थामा कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने निर्णय भएको हो।  कोरोना संक्रमणको जोखिम बढेपछि चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरु गरिएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमितको संख्या २९५ पुग्यो

२०७७ जेष्ठ ४, आईतवार १५:३१
Spread the loveकाठमाडौं । । आइतबार धनकुटामा एक र मोरङमा दुई जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो । धनकुटाकी ३४ वर्षीया महिला र विराटनगरकी २९ वर्षकी महिला तथा ३६ वर्षका पुरुषमा […]