भारतलाई प्रधानमन्त्रीको प्रश्नः सिंह मेवजयते कि सत्यमेव जयते ?

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्र नेपालको भएकाले जसरी पनि फिर्ता ल्याइने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको भूमि फिर्ता ल्याउनकै लागि मन्त्रिपरिषद बैठकले नयाँनक्सा जारी गर्ने निर्णय गरेको बताएका हुन् ।

उनले भने, ‘२०१८ सालसम्म हामीहरुले तिरो तिर्ने सबै काम हुन्थ्यो तर त्यसपछि जान दिइएन । अब यो मुद्दाबाट हामी पछि हट्नेवाला छैनौं । यस विषय अब ओझेलमा पर्ने छैन पर्न दिइने छैन । यही अठोटका साथ नीति तथा कार्यक्रममा समावेश गरेको हो । यी भूमि प्राप्त गर्न कुटनीतिक तहबाट छलफल गर्नेछौं । तथाकथित राष्ट्रवाद देखाउनका लागि यो निर्णय गरेको होइन । अहिलेको सरकारको तर्फबाट कुनै तमासाका लागि गरिएको होइन । यथार्थमा फिर्ता लिनका लागि गरिएको हो र फिर्ता लिन्छौं । यो कदमबाट सिंगो राष्ट्र खुसी हुनेछ । अब प्रतिक चिन्ह संशोधन गर्न संसदमा प्रस्तुत गरिनेछ । अरु विषयका सम्बन्धमा भोलि छलफल गर्नसक्छौं । भूमिको विषयमा संविधान संशोधनको विषय सदनमा आउनेछ र यो संसदले पास गर्नेछ । हाम्रो तर्फबाट दुविधारहित ढंगले जाने कुरा हुन्छ । म ठान्छु संविधानको अनुसूची तीन नेपालको नक्सा अंकित छ त्यो संसदले पारित गरेका दिन देशमा दीपावली हुनेछ ।’ प्रधानमन्त्रीले भारतलाई सिंह मेवजयते कि सत्यमेव जयन्ते भन्दै प्रश्न गर्ने बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारको नीति तथा कार्यक्रम पारित

२०७७ जेष्ठ ६, मंगलवार १०:०८
Spread the loveकाठमाडौं । सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाले पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले कार्यक्रम बहुमतबाट पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस […]

समाचार छुट्याे की?