• Wed. Oct 28th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना भाइरस संक्रमित गुल्मीका शिक्षकको उपचारका क्रममा निधन

ByHT

May 21, 2020
Spread the love

काठमाडौँ । कोरोना भाइरस संक्रमित गुल्मीका शिक्षकको उपचारका क्रममा निधन भएको छ । गुल्मीको मदाने गाउँपालिका–६ का शिक्षकको रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि सिन्धुपाल्चोकको एक महिला र बाँकेका एक युवकको मृत्यु भइसकेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *