दैलेखका मृतकको रिपोर्ट पोजेटिभ, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो

Spread the love

सुर्खेत । दैलेखको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको बिहान अकस्मात मृत्यु भएको थियो । उनका ७९ जना साथीहरुसहित १० दिन अघिमात्रै भारतको गुजरातबाट गाउँ फर्किएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् ।

मृतकको दाहसंस्कारका लागि जिल्ला प्रशासनसँग सहकार्य भइरहेको भण्डारीले बताए । दुल्लु नगरपालिका–७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा बसेका उनी जेठ ७ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

२०७७ जेष्ठ १७, शनिबार १४:२२
Spread the loveकाठमाडौँ । सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो । सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते सकिंदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले […]