‘अब हामीलाई अब एकएक हिसाब चाहिन्छ, दश अर्ब कहाँ खर्च भयो ?’

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाल कोरोना रोकथाम र नियन्त्रणमा समय पर्याप्त हुँदाहुँदै सरकारले प्रभावकारी काम नगर्दा मृत्यु हुने र संक्रमित संख्या वृद्धि भइरहेको भन्दै आपत्ति जनाएका छन् । मंगलबारको संसद बैठकमा सांसद थापाले सरकार र त्यसमा पनि प्रधानमन्त्रीको गैरजिम्मेवारीपनका कारण मृतक र संक्रमितको संख्या बढेको बताउनुभयो । उनले काम नगर्ने तर दश अर्ब रुपैयाँ खर्च भयो भन्न लाज लाग्नुपर्ने बताए । उनले भने, ‘दश अर्ब कहाँ खर्च भयो? एकएक हिसाब चाहिन्छ, सरकारलाई अब सुतेर बस्न दिँदैनौं।’

कोरोनाबाट मात्र नभई भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टाइनमै र आत्मदाहबाट मृत्यु हुनेको जिम्मा कसले लिने भन्दै थापाले प्रश्न गरेका छन् । उनले भने, ‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, सुत्केरी हुन नसकेर मरेकी लालकुमारी रोकायलगायतको जिम्मा कसले लिन्छ?’

उनले काम गर्ने अदालत, प्रेस तथा नागरिक कसले रोके भन्दै प्रश्न गरेका छन् । उनको प्रश्न थियो, ‘नियन्त्रणमा रहँदारहँदै पनि कोरोनाको यो अवस्था? दोष कसको? पैसा नभएर, अदालतले वा कांग्रेसले छेक्यो? सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको । सरकारको अकर्मन्यताले रोकेको। असक्षमताले रोकेको हो।’ यो सरकारले कोरोना लडाइँबाट पार लगाउन नसक्ने उनले बताए ।
उनले अब आफूहरु सहयोग गर्छौं भनेर नबस्ने र त्यसको उत्तर खोज्ने उनले बताए । उनले भने, दश अर्ब कहाँ खर्च भयो, हामीलाई एकएक हिसाव चाहिन्छ। ’ उने क्वारेन्टाइन भद्रगोल भएको भन्दै यो क्वारेन्टाइन हो कि कन्सन्ट्रेसन क्याम्प हो? भन्दै प्रश्न गरेका छन् । थापाले प्रधानमन्त्रीको गीत र कविताबाट जनताले राहत नपाउने बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु

२०७७ जेष्ठ २७, मंगलवार ०८:४०
Spread the loveचितवन । कोरोनाभाइरसको सङ्क्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसीयुमा उपचार गराइरहेका ६८ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । उनलाई सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका उनलाई कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल […]