काठमाडौं । नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ५,०६२ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेको संख्या ८७७ पुगेको मन्त्रालयले जनाएको छ ।
शुक्रबारसम्म १ लाख २१ हजारको पीसीआर परीक्षण गरिएको छ । रेडजोनमा पर्नेको संख्या ४९५ रहेको मन्त्रालयले जनाएको छ ।मृत्यु हुनेको संख्या १६ पुगेको छ ।