• Mon. Nov 23rd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

ब्राजिलमा कोरोना संक्रमणबाट ४९ हजार भन्दा बढीको मृत्यु

ByHT

Jun 20, 2020
Spread the love

ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । ब्राजिलमा संक्रमित १० लाख ३८ हजार ५ सय ६८ पुगेको छ । मृतकको संख्या ४९ हजार ९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ५४ हजारभन्दा बढी संक्रमित थपिएका जनाइएको छ ।

यही गतिमा बढेमा ब्राजिलले अमेरिकालाई पनि उछिन्ने अनुमान गर्न थालिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४ लाख ५० हजार हजार ६ सय ८६ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी अमेरिकामा १ लाख २१ हजार चार सय ७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ८३ लाख ८५ हजार नाघेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *