लकडाउनका कारण बन्द रहेको आईफल टावर तीन महिनापछि खुल्यो

Spread the love

लकडाउनका कारण बन्द रहेको फ्रान्सको विश्वप्रसिद्ध आईफल टावर तीन महिनापछि खुलेको छ । अहिले पेरिसस्थित उक्त स्थान सीमित रूपमा सञ्चालनमा ल्याइएको छ । त्यहाँ सीमित सङ्ख्यामा मात्र आगन्तुकलाई प्रवेश दिइनेछ भने ११ वर्षमाथिका सबैले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ ।

दोस्रो तलाभन्दा माथि कर्मचारीबाहेक अरूले प्रवेश पाउनेछैनन् । जुलाई १ सम्म लिफ्ट नचलाइने भएकाले सबैले सिँढी प्रयोग गर्नुपर्नेछ । सन् १८८९ मा निर्माण सम्पन्न भएको उक्त टावरमा प्रत्येक वर्ष ७० लाखभन्दा बढी मानिस जान्छन् । तीमध्ये तीनचौथाइ व्यक्ति विदेश पर्यटक हुने आईफल टावरको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

फ्रान्स कोरोनाभाइरस महामारीबाट सर्वाधिक प्रभावित देशमध्ये एघारौँ स्थानमा छ । फ्रान्समा जुन १५ मा राष्ट्रपतिले कोरोनाभाइरस लकडाउनका बेला लगाइएका केही प्रतिबन्धहरू खुकुलो बनाउने घोषणा गरेका थिए । अहिले त्यहाँ क्याफे र रेस्टुराँहरू खुलेका छन् भने युरोपभित्र यात्रा गर्न पाइन्छ ।

फ्रान्समा अहिलेसम्म झन्डै दुई लाख जानमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये २९,७०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्याङ्क जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको छ । विश्वभरि ९४ लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये झन्डै चार लाख ९३ हजार जनाको मृत्यु भएको जोन्स हप्किन्स यूनिभर्सिटीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्चद्वारा संसदमा हिन्दी भाषा बोल्नुको कारण माग

२०७७ असार ११, बिहीबार १७:३५
Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले सङ्घीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले बिहीबार संसद्मा नेपाल भाषा बोल्ने विधायकलाई किन नलगाएको कारणसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित पेश गर्न आदेश जारी गरेको हो। अधिवक्ताद्वय केशरजङ्ग […]