चट्याङ लागेर बारामा चार जनाको मृत्यु, सात घाइते

Spread the love

बारा । बाराको कलैया र फेटा गाउँ पालिकामा बिहीबार बिहान चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
बिहीबार बिहान खेतमा धान रोपिरहेका बेला परेको चट्याङ लागेर कलैयाको शीतलपुरमा दुई महिला र फेटा गाउँपालिकाको त्रिवेणी टोलमा दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै त्रिवेणी टोलका सात जना घाइते भएका छन् । मृत्यु हुनेमा कलैया शीतलपुरकी वर्ष ४५ कि हालिका खातुन र वर्ष ३५ कि आशादेवी महतो छन् । त्यस्तै फेटा गाउँपालिकाको त्रिवेणीका वर्ष ४० कि सोनार पतिदेवी महतो र वर्ष ३० कि हेन्द्रदेवी महतो छन् । त्यस्तै चट्याङ लागेर फेटाका सात जना घाइते भएका छन् ।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

२०७७ असार १८, बिहीबार ०४:३०
Spread the loveकाठमाडौं । मन्त्रिपरिषद बैठक अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अहिले भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री ओली विहान ११ बजे राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । पार्टीको स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्री प्रायः […]