संसद अधिवेशन अन्त्य गर्न सिफारिस

Spread the love

काठमाडौं । सरकारले संसदको जारी बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । बिहीबार मध्यान्ह बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बजेट अधिवेश आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवास पुगेर भेटेका थिए । प्रतिनिधिसभाको बैठक असार २२ गतेका लागि बोलाइएको थियो । तर मन्त्रिपरिषदले बजेट अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको छ । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा संसद बैठक अन्त्य गर्ने प्रचलन छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्यानमारमा पहिरोमा पुरिएर कम्तीमा ५० जनाको मृत्यु

२०७७ असार १८, बिहीबार ०७:१२
Spread the loveउत्तरी म्यान्मारको एउटा रत्न खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको आशंका गरिएको छ । ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको आपतकालीन उद्धार गर्ने निकायले बताएको छ […]