निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न नदिन यातायात व्यवसायीको माग

Spread the love

काठमाडौं । यातायात व्यवसायीहरुले रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौलालगायतको टोलीले गृहसचिव महेश्वर न्यौपानेलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

महासचिव सिटौलाले भने, ‘यो लगडाउनको समयमा रातो नम्वर प्लेटका सवारी साधनले देशभरि नै यात्रुसँग रकम असुल गरि मनपरि ढंगले कानुन विपरित सवारी गुडिरहेको व्यापक गुनासो आएपछि गृहसचिव महेश्वर न्यौपाने ज्यूलाई उहाँकै कार्यकक्षमा गम्भीर ध्यानाकर्षण गरियो ।’

पत्रमा सार्वजनिक सवारी बन्द गरेर बस्नुपर्दा व्यवसायीलाई ठूलो मार परिरहेको भन्दै यही बेलामा निजी सवारीले भाडाका यात्रु बोक्दा संक्रमण नियन्त्रणका लागि व्यवसायीले गरेको त्याग खेर जाने उल्लेख छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सभामुखको आँखाको शल्यक्रिया

२०७७ असार २४, बुधबार ०६:१०
Spread the loveकाठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा अस्पतालमा सभामुखको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले सभामुखको आँखाको शल्यक्रिया गरेको हो । केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा बुधबार शल्यक्रिया गरिएको हो । […]