सभामुखको आँखाको शल्यक्रिया

Spread the love

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा अस्पतालमा सभामुखको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले सभामुखको आँखाको शल्यक्रिया गरेको हो ।
केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा बुधबार शल्यक्रिया गरिएको हो ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोरेका छन् । शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेका छन् । सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीन अमेरिकाका लागि ठूलो र दीर्घकालीन खतरा

२०७७ असार २४, बुधबार ०६:४९
Spread the lovemoreअमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशकले गुप्तचरी र चोरीका कारण चीन सरकार अमेरिकाका लागि सबैभन्दा ठूलो र दीर्घकालीन खतरा भएको दाबी गरेका छन् । वाशिङ्टनस्थित हड्सन इन्स्टिट्यूटमा बोल्दै क्रिस्टोफर रेले चीनका विभिन्न गतिविधिबारे टिप्पणी गरेका हुन् । चीनले विदेशमा बसोबास गर्ने चिनियाँ नागरिकलाई तारो बनाएको, उनीहरूलाई स्वदेश फर्किन दबाव […]

समाचार छुट्याे की?